असोज १७ देखि २६ सम्म  अत्तरियामा लोटस आई क्रिकेट कपको आयोजना हुने

September 02, 8:56

धनगढी,१६ भदौ । कैलालीको अत्तरियामा लोटस आई क्रिकेट कप हुने भएको छ । लोटस आई अँग्रेजी सेकेन्डरी स्कुल को प्रायोजनमा लोटस आई क्रिकेट कप प्रतियोगिता हुन लागेको हो ।

आयोजक अत्तरिया किर्केट क्लबले  पत्रकार सम्मेलन को आयोजना गरि प्रतियोगिता को बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि ट्वान्टी प्रतियोगिता असोज १७ देखि २६ गते सम्म आयोजना हुने जानकारी दिए ।

प्रायोजक संस्थाका प्रमुख गिरीराज कडायत ले यो प्रतियोगिता बिधालय र बिद्यार्थी को लागि ठूलो अबसर रहेको बताए । उनले प्रतियोगिता मार्फत नंया खेलाडी र उनिहरुको क्षमता बाहिर आउने भएकाले सहकार्य गरिएको बताए ।

प्रतियोगितामा प्रदेशभर का ८ वटा टिम को सहभागीता रहने आयोजक ले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख , ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।

प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कार को ब्यबस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरण मा खेलाइने छ ।

प्रतियोगिताको कुल लगानी १२ लाख रहने क्लबका अध्यक्ष गौतम ले बताए ।उक्त क्लब २०७९ सालमा स्थापना भएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा