गौ हत्या विरुद्ध कैलालीमा विरोध र्‍याली

September 02, 2:25

धनगढी,१६ भदौ ।  कैलालीको अत्तरियामा गौ हत्या विरुद्ध र्‍याली निकालिएको छ । लोक कल्याणकारी गौ सेवा ट्रष्ट गोदावरी र सुदूरपश्चिम ॐ कार परिवारले धरानमा भएको गौ हत्या विरुद्ध शान्तिपुर्ण र्‍याली निकालेको हो ।

र्‍यालीले अत्तरिया बजार परिक्रमा गरेर गौ हत्या विरुद्ध नारा लगाएका थिए । र्‍याली पछि आयोजित कोण सभालाई सम्बोन्धन गर्दै सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य खेमादेवि बिष्ट हिन्दु धर्मावलम्बीहरु एक भएर गाईको रक्षा गर्नुपर्ने बताएकी थिइन ।

उनले पछिल्लो समय हिन्दु धर्ममाथि प्रहार भइरहेको र गाईको मासु खाएर सामाजिक सन्जालमा हाल्ने काम भइरहेको भन्दै आफ्नो पार्टी राप्राको तफर्बाट पनि त्यसको विरोध गरिएको बताइन् ।

धरानमा केहि दिन अघि केहि गाई काटेर मासु खाँदै सामाजिक संजालमा भिडियो सेयर गरिएपछि देशभरी विरोध प्रदर्शन भइरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा