आत्महत्या रोकथाम दिवस जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइयो

September 10, 3:21

धनगढी,२४ भदौ । अछाम जिल्लाको मुख्य व्यापारी केन्द्र समेत रहेको कमलबजारमा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । इलाका प्रहरी कार्यालय कमलबजारको आयोजनामा आज आईतबार आशा जगाऔँ,जीवन बचाऔँ’भन्ने नारा सहित आत्महत्या दिवस मनाइएको हो ।
पालिकाका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी सामाजिक संघ संस्थाका प्रमुख एवम प्रतिनिधि,नागरिक समाजका अगुवा बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागितामा प्लेकार्ड सहितको ¥याली निकाली कमलबजार क्षेत्र परिक्रममा गरिएको थियो ।
बजारमा व्यापार व्यावसीय गदै आउनुभएका तथा बजार क्षेत्रमा उपस्थित भएका करिब १ हजार नागरिकलाई विभिन्न सचेतनामुुलक नारा लेखिएका प्लेकार्ड वितरण गरिएको थियो ।कमलबजारमा आयोजित कार्यक्रममा बोल्दै कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले पछिल्लो समय अछाम जिल्लामा पनि आत्महत्याका घटना बढ्दै गएको बताउदै यस्ता घटना हुन नदिन सबभन्दा बढी सम्बन्धित परिवार वा अभिभावक जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिए ।
सामूहिक प्रयासले मात्र आत्महत्या रोकथाम गर्न सकिने बताउँदै नगरप्रमुख ढकालले स्थानीय सरकारको तर्फबाट यस्ता घटनाको रोकथाम गर्न सक्दो पहल गरिने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा बोल्दै निमित्त प्रमुुख प्रशासकीय अधिकृत खड्क बहादुर बिष्टले आत्महत्याको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरुलाई निरन्तर निगरानीमा राख्दै उचित मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए । आत्महत्या मानसिक समस्याको उपज भएको बताउँदै मानवीय जीवनको महत्व बुझाएर आत्महत्या रोकथामका लागि संयुक्त रुपमा जागरण चलाउनुपर्ने कुरामा जोड दिने भएको छ ।
यस्तै कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र जोहारीले ९५ प्रतिशत मानिसले डिप्रेसनका कारण आत्महत्या गर्ने गरेको बताए ।पछिल्लो समय अछाम जिल्लामा पनि आत्महत्याका घटनाहरु बढ्दै गएकाले सचेतना फैलाउँने उदेश्यले दिवसको आयोजना गरीएको प्रहरी निरिक्षक जोहारीले बताए ।
पारिवारिक सहयोगको अभाव र आफ्नो कुरा खुलेर सुनाउन नसक्ने समस्याका कारण पनि आत्महत्या बढ्दै गएको जोहारी बुुझाइ रहेको छ । समाजमा हुने आपराधिक घटनको रोकथाम गर्न प्रहरीको अभियानमा जनप्रतिनिधि तथा सरोकारलाहरुको साथ सहयोग रहने प्रहरी निरिक्षक जोहारीको विश्वास रहेको छ ।
कमलबजारमा आयोजित कार्यक्रममा प्रहरी,नागरिक समाज, बिद्यार्थी, शिक्षक, जनप्रतिनिधी,ब्यवसायी,निभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि पत्रकार लगायको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा