अछाममा नरभक्षी चितुवाको आतंक : तीन जना घाइते 

September 11, 8:29

अछाम, २४ भदौ । नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतंक फैलिएको छ । 

रामारोशन गाउँपालिका –६ भटाकाटियामा तीन जना मानिस र दर्जनौ घरलु पशुलाई आक्रमण गरेको स्थानीय कमल साउदले जानकारी दिनुभयो । एक महिला र दुई पुरुषलाई आक्रमण गरेर चितुवाले शनिबार घाइते बनाएको छ ।

भटाकाटियाको परिवन निवासी ३८ वर्षीय जगतबहादुर साउद, ३३ वर्षीय सूर्यबहादुर साउद र ३५ वर्षीया हैकला साउदलाई चितुवाले घाइते बनाएको हो । जगतबहादुरको निधार, सूर्यबहादुरको आँखा र हैकलाको कुमपातामा चोट लागेको स्थानीय कमल साउदले जानकारी दिए। 

सूर्यबहादुर र जगतबहादुर स्थानीय चिया पसलमा बसिरहेको बेलामा आक्रमण गरेको हो भने हैकलालाई गोठछाना नजिक घाँस काटिरहेको बेलामा चितुवाले आक्रमण गरेको थियो । 

भटाकाटियाका गाउँमा पसेको चितुवाले रोल्ते, नाइतोला, परिवन, भैरीलगायत गाउँका घरपालुवा पशु मार्ने र मानिसलाई आक्रमण गर्न थालेको छ । आइतबार मात्र रोल्ते टोलका प्रसादे साउदका दुई बाख्रा, नाइतोला जहरे साउदका दुई गाई र एक बाख्रा, रोल्ते टोलका भेरी खनालको एक बाख्रा मारेको स्थानीय वीरेन्द्र साउदले जानकारी दिए । 

यसअघि पदमादेवी साउदका दुई गाई, भरत साउदको एक पाडोसमेत मारेको स्थानीयको भनाइ छ । गाउँमा पसेर चितुवाले स्थानीयलाई आक्रमण र पशु मार्न थालेपछि स्थानीय चिन्तित भएका छन् । चितुवा जंगलमा नगएर गाउँकै मकैबारीमा बस्न थालेपछि स्थानीय डरले त्रसित भएका छन् । 

तीन जना व्यक्तिलाई घाइते बनाएको खबर आएपपछि चितुवाको व्यवस्थापनका लागि आफूले प्रहरी परिचालन गरेको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । भटाकाटिया र सुतार क्षेत्रका ५० भन्दा बढी गाई, गोरु, बाख्रालाई चितुवाले मारिसकेको स्थानीयको भनाइ छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा