कञ्चनपुरमा रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा

September 28, 11:28

कञ्चनपुर। कञ्चनपुरमा रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष बुधवार रिहा भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-६ का वडाध्यक्ष भोजराज चौधरी बुधबार रिहा भएका हुन्।

वडा अध्ययक्ष चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा आइतबार पक्राउ परेका थिए। वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले आईतबार साँझ महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ।

झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसर भित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी बिरुद्धमा उजुरी गरेपछि चौधरीलाई पक्राउ गरिएको थियो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरुप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए। वडाध्यक्ष रिहा भएपनि मुद्दा भने जारी रहेको प्रमुख कँडेलले बताए। अनुमती बिना रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेलले बताएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा