कृष्णपुरका हात्ती पिडितलाई नगरपालिकाद्वारा खाद्यान सहयोग 

October 04, 5:39

 गुलरीया ।  कृष्णपुर नगरपालिकाले वडा न।४ किचाई शिविरका हात्ती पिडित किसानलाई त्रीपाल र खाद्यान सहयोग गरेको छ ।  गएराती वडा नं ४ शिविरका सानु चौधरी,गोपाल चौधरी र जयराम चौधरीको घर हात्तीको बथानले भत्काएको हो । 

त्यस्तै दर्जनौं किसानले भित्र्¥याउन लागेको धानबाली पनि हात्तीले नस्ट गरेको छ ।  हात्तीको बथान आँखै अगाडी देखेपछि आफूहरु त्रसित भएको र बालबच्चा जोगाउनै हम्मेहम्मे परेको स्थानीय महेश्वरी चौधरीे बताउछिन । अर्का स्थानिय बच्चुलाल चौधरीले स्थानीय सकृय नभएको भए हिजो ठूलो जनधनको क्षती हुने बताउँछन ,उनी भन्छन राती ७ बजे आएको हात्तीको बथान करिबन २ बजेरातीसम्म आफ्नै क्षेत्र वरीवरी घुमिरह्यो अत्याधिक डर लाग्यो । 

जंगली हात्तीले प्रभावित पारेको स्थानमा स्थलगत अनुगमन गर्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले जंगली क्षेत्र बढी भएको कृष्णपुर नगरपालिका वर्षेनी हात्ती आतंक हुने गरेको बताए । नगरप्रमुख ओझाले अन्य जंगली जनावर भन्दा हात्ती अजिव जनावर भएको भन्दै यसलाई रोक्न अत्यन्तै कठिन हुने बताए । जंगली हात्तीको बथानले जनधनको ठूलो क्षती हुने गरेको भन्दै आफूले सम्बन्धित सबै निकायलाई स्थायी समाधानका लागि भन्दै पहल गरिरहेको बताए ।

कृष्णपुर नगरपालिकाले गएराती हात्तीले क्षती पु¥याएका सानु चौधरी,गोपाल चौधरी र जयराम चौधरीको परिवालाई एक एक थान त्रीपाल र खाद्यान सामाग्री उपलब्ध गराएको  छ । 

सुदूरपश्चि प्रदेश सभाका सांसद ओम विक्रम भाट सरलले कञ्चनपुर जिल्लाकै लागि जंगली हात्ती व्यवस्थापन चुनौती रहेको भन्दै आफूले यसबारे प्रदेश सभामा कुरा उठाउने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा