डोटी जिप दुर्घटना अपडेट : ६ जना घाइते, एक जना रिफर

October 20, 2:52

डोटी / डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रवार दिउँसो साढे १ बजेतिर सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक पानिखाल स्थित दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सडक घुम्ती (मोड)मा जिप पल्टिँदा सवार १२ जनामा ६ जना घाइते भएका हुन् । घाइते हुनेमा सायल गाउँपालिका-३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका-२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् ।

बिरामीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते गम्भीरे खातीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको जिल्ला अस्पताल डोटीका डाक्टर समिक सिंहले जानकारी दिए । चालक प्रेम बिष्ट फरार रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा