टी-२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै
November 05, 9:29
काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बिहान ११ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
फाइनल खेल खेल्न लागेका नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।
घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ । समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो ।
पछिल्ला पाँच टी-२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 06, 7:26
January 12, 11:40
September 13, 8:58
January 14, 8:58
September 20, 9:17
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा