kagendra

धनगढी बाट बाजुरा जादै गरेको जिप डोटीको सेती नदीमा खस्दा ४ जनाको मृत्यु,६ घाइते

दुर्घटना ग्रस्त जिप
दुर्घटना ग्रस्त जिप
November 05, 9:36

धनगढी ।  धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन्।

धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ः१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर ६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५०/६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ। 

दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकी अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा परेर हिमाली गाउँपालिका वडा नम्बर५ का ३० वर्षीय प्रकाशबहादुर बुढा थापा, सोही ठाउँ बस्ने २३ वर्षीय खेमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल घाइते भएको प्रहरीले जनाएको छ।
 
घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने विमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको थाहा पाउने बित्तिकै प्रहरी सहायक निरीक्षक विपिन भण्डारीको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि शैलेश्वरी अस्पताल डोटीमा पठाएको छ भने सामान्य घाइते रहेका चालक महेश बुढालाई नियन्त्रणमा लिइएको उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले बताए।

घटनास्थलमा राति ३ बजे नै डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सहित १५ जनाको प्रहरी टोली पुगेर घाइतेको उद्धार गर्ने र मृतकको पहिचान गरिएको डोटी प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको जिपमा भएको यात्रुको उद्धार गदै शसस्त्र प्रहरी
दुर्घटनामा परेको जिपमा भएको यात्रुको उद्धार गदै शसस्त्र प्रहरी  
उद्धार गदै शसस्त्र प्रहरी
उद्धार गदै शसस्त्र प्रहरी  
घटना स्थलमा प्रहरी र स्थानियहरु उद्धार गर्दै
घटना स्थलमा प्रहरी र स्थानियहरु उद्धार गर्दै 

 

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
 पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी… विस्तृतमा
घाटमा सिसिटिभी क्यामेरा जडान
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महाकाली नदी तथा स्थानीय खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्य… विस्तृतमा
हिलाम्मे–धुलाम्मे सडक सफा गर्न करोडौँ खर्च
बैतडी । बैतडी जिल्लाका स्थानीय तहले ग्रामीण सडक सफा गर्न वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आइरहेका… विस्तृतमा
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको जाँच निःशुल्क
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल… विस्तृतमा