नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

November 05, 12:42

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान रोहितकुमार पौडेलले नटआउट ५२, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।

यसअघि समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । फाइनल खेलमा नेपाललाई ओमानसँग बदला लिने अवसर छ ।

टी २० मा गुल्सनको पहिलो अर्धशतक, ५४ रन बनाउँदै आउट भए 

May be an image of text

अलराउण्डर गुल्सन झाले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा आर्धशतक प्रहार गरेका छन्। 

गुल्सनले २० बलमा ५ चौका र ४ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। यो टी २० आई मा गुल्सनको पहिलो अर्धशतक हो। उनी विस्फोटक ब्याटिङसहित २५ बलमा ५४ रन बनाएर आउट भए।

उनले आफ्नो पारीमा ५ चौका र ४ छक्का पनि प्रहार गरेका छन्। १७ औं ओभरको खेल जारी रहँदा नेपालले ४ विकेटको क्षतिमा ओमानविरुद्ध १ सय ३१ रन बनाएर खेलिरहेको छ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा