विश्वकप एसिया छनोटको उपाधि ओमानलाई, सुपर ओभरमा नेपाल पराजित

November 05, 2:44

सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपआधि ओमानले उचालेको छ। 

ओमानले अपराजित रहेर एसिया क्षेत्र छनोटको उपाधि हात पारेको हो। 

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९  विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। 

सुपर ओभरमा नसिम खुसीे अकिब इलियासले २१ रन बनाएका थिए। २२ रनको नयाँ लक्ष्य पाएको नेपालका लागि कुशल भुर्तेल पहिलो बलमा नै क्याच आउट भए। 

त्यसअघि अकिब इलियास ३३ रन बनाउँदा गुल्सन झा को बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। 

कप्तान जेशन मक्सुद २६ रनमा क्याच आउट हुन पुगे। १६ औं ओभरको दोस्रो बलमा विवेक यादवले कप्तान मक्सुदलाई रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण विकेट दिलाएका  थिए। 

१७ औं ओभरको पाँचौ बलमा अविनास बोहोराले ओपनर कश्यव प्रजापतिलाई क्याच आउट गराए। ५२ बलमा ३ चौका र ४ छक्का हान्दै ६३ रन बनाएका प्रजापति रोहित पौडेलको हातबाट क्याच आउट भए।

करण केसीको बलमा मेहरान खान १० र नसिम खुसी १ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। प्रतिक अथभाले ७ रनमा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी, गुल्सन झा, अविनास बोहोरा, विवेक यादवको नाममा  समान १ विकेट रह्यो। 

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो।  कप्तान रोहित पौडेल ५२ र करण केसी २० रनमा नटआउट रहे। 

कप्तान रोहितले ३७ बलमा ५ चौका र २ छक्का मद्धतमा ५२ रनमा अविजित रहे। रोहितले ३६ बलमा ५ चौका र २ छक्का मद्धतमा अर्धशतक पूरा गरे। टी २० आइमा रोहितको यो पाचौं अर्धशतक हो। ६ बलमा १ चौका र २ छक्का हानेका करण २० रनमा नटआउट रहे। 

पाचौं विकेटका लागि गुल्सन झा  कप्तान पौडेलले ७८ रनको साझेदारी गरे। नेपालका लागि गुल्सन झा ले सर्वाधिक ५४ रनको योगदान दिए। २५ बलमा ५ चौका र ४ छक्का हानेका गुल्सन विलाल खानको बलमा शकिल हमिदको हातबाट क्याच आउट भए। 

टी २० आईमा पहिलो अर्धशतक पूरा गर्ने क्रममा गुल्सनले २० बलमा ५ चौका र ४ छक्का मद्धतमा अर्धशतक पूरा गरे। ओपनर कुशल भुर्तेल ३१ रनमा क्याच आउट भए। आठौ ओभरको पहिलो बलमा कुशल ३१ रन बनाएर क्याच आउट भए। २२ बलमा ३ चौका र २ छक्का हानेका कुशल अकिब इलियासको बलमा मेहरन खानको हातबाट क्याच आउट भए।

सन्दीप जोरा १० रन बनाएर पवेलियन फर्के। दशौं ओभरको अन्तिम बलमा कुशल मल्ल बोल्ड आउट भए। तेस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमाएको थियो। ६ रन बनाएका आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए। 

विवेक यादव १ रनमा क्याच आउट भए। 

ओमानका लागि विलाल खान एक्लैले तिन विकेट लिए। अकिब इलियास दुई विकेट झारे। जेशस मक्सुदको नाममा एक विकेट रह्यो।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा