२३ लाख नक्कली नोट छाप्न सफल गिरोह अन्तत: यसरी पर्‍यो प्रहरीको जालमा 

11
11
August 09, 11:48

धनगढी, साउन २४ - कैलाली प्रहरीले नक्कली नोट छाप्ने मेसिन सहित ४ जना लाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । धनगढी रहेर नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ परेका चारजनालाई आज विहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ नैनादेवी मन्दिरनजिकै डढे महिना देखि उनीहरु नेपाली नक्कली नोट छाप्न कार्यमा संलगन हुदै आएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता दक्ष कुमार वस्नेतले पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका वडा नम्बर १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर  ३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का प्रक्राउ परेको जानकारी दिए । 
जिल्ला प्रहरी कार्यालय कैलालीले ४ जनालाई फरक फरक मितिमा पक्राउ परेका हो ।

गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो भने अन्य ३ जना धनगढीमा नै पक्राउ परेको प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको उनले बताए । 
पछिल्लो दुई महिनामा धनगढीमा तीनपटक नक्कली नोट फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । नक्कली नोट कारोबारीले पहाडी दुर्गम र भीडभाड हुने ठाउँमा नक्कली नोट प्रयोग गर्दै आएको प्रहरीको भनाई छ ।

यसअघि पनि प्रहरीले कैलालीको कैलारी गाउँपालिका वडा ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई र भारतीय नागरिक श्रवणकुमार सिंह र गरुजित सिंहलाई नक्कली नोटसहित पक्राउ गरेको थियो । कैलालीमा एकपछि अर्को गर्दै नक्कली नोट फेला पर्न थालेपछि वित्तीय कारोबार हुने संस्था, पसल, अस्पतालमा चुनौती थपिनुका साथै प्रहरीलाई समेत चूनौति थपिएको छ।

11

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा