कञ्चनपुरकी संगीता धामीले दिलाइन् नेपाललाई ऐतिहासिक स्वर्ण
December 08, 7:16
धनगढी,
मंसिर २२
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ। जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्। संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४–१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। स्वर्ण विजेता धामी कञ्चनपुरको महेन्द्रनगरकी बासिन्दा हुन्। सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो। यो सँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ। शनिबार नेपालका लागि ४२ किलोमिटर म्याराथनबाट किरणसिंह बोगटीले स्वर्ण पदक जितेका थिए।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 24, 10:30
October 25, 5:21
October 26, 11:35
October 28, 11:14
October 29, 10:28
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा