प्रवास
April 04, 4:55
धनगढी : सुदूर पश्चिममा कोरोना संक्रमणको जोखिम बढेको छ। आज पोजेटिभ रिपोर्ट आएका ३ जनामध्ये कैलालीको लम्कीमा भेटिएका एक युवक गत १२ गते गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेको खुल्न आएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार १२ गते १ हजार हाराहारीमा नेपालीहरु गौरीफन्टा नाकामा एकैसाथ जम्मा भएर नेपाल प्रवेश गरेका थिए। उनीहरुलाई १२ गते बेलुकाबाट घर पठाउन… विस्तृतमा
March 29, 7:50
धनगढी, चैत्र १६ - सुदुरपश्चिम समाज अमेरिकाका महासचिब तथा व्यवसायी तथा न्यूयोर्कका बरिष्ठ समाजसेवी जीवन (जुंग) बम कोरोना भाईरसबाट संक्रमित भएका छन् ।
संक्रमित बमको हाल माउन्ट सेन्नैइ हस्पिटल लोङआल्यान्डमा उपचार भईरहेको छ ।सुदूरपश्चिमको डोटी पुख्र्यौली घर भएका उनी करीव् २० वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका छन् ।उनको न्यूयोर्कमा दुई वटा रेष्टुरेण्ट रहेका छन् ।
सुदूर पश्चिम समाज… विस्तृतमा
March 26, 3:57
लण्डन : लण्डनमा फेरि अर्का एक नेपालीको कोरोना (कोभिड-१९) भाइरसको संक्रमणबाट मृत्यु भएको छ। गत सोमबार बिहान निधन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको हो।
लण्डनमै रहेका मृतक अर्याल नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो।
यसअघि गतसाता लण्डनकै ह्यारोका ६५… विस्तृतमा
March 16, 11:29
काठमाडौँ, चैत्र ३ – पोर्चुगलमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा कार्यरत एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएता पनि उनको नाम, उमेर लगायतको बिवरण भने गोप्य… विस्तृतमा
March 09, 10:15
काठमाडौं, फागुन २६ - संयुक्त अरव इमिरेट्स (युएई)मा दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा दुई जना नेपालीलाई पनि कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् सूचना जारी गर्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखा परेको पुष्टि गरेको हो ।
सूचनामा कोरोनाका थप १४ जना… विस्तृतमा
March 09, 8:29
काठमाडौ, फागुन २६ – कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
कतार सरकारले तीन जना आप्रवासी कामदारलाई कोरोना संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको जनाएको हो ।
ती कामदारसँग बस्ने अन्य कामदारलाई समेत क्वारेन्टाइनमा राखिएको छ । संक्रमित आप्रवासी कामदार कुन देशका हुन् भन्नेबारे खुलाएको छैन ।
कतारमा झन्डै सय भन्दा बढी मुलुका कामदार… विस्तृतमा
March 08, 5:58
अस्ट्रेलिया — करिब दुई साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमित पाइएको छ । अस्ट्रेलियाको तास्मानिया स्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् । उनी नेपालबाट आएको यहाँ स्थित स्वास्थ्य विभागले उल्लेख गरेको भए पनि उनको परिचय खुलाएको छैन भने नेपाली नागरिक भनेर समेत उल्लेख गरिएको छैन ।
नाम… विस्तृतमा
October 14, 7:11
असोज २७
धनगढी,
हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको आयोजनामा सुदूर पश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नव निर्वाचित पदाधिकारी सदस्य ज्यूहरूमा हार्दिक बधाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय डिल्ली राज पन्तले ढाका टोपी लगाएर… विस्तृतमा
October 13, 4:49
असोज २६
धनगढी,
सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको अध्यक्षमा पुनः धनवहादुर बलायर चयन भएका छन्। धनगढीमा भएको दोश्रो महाधिवेशनले अध्यक्षमा बलायरलाई सर्वसम्मत चयन गरेको हो। यस्तै समितिको संरक्षकमा डाक्टर भरतवहादुर नेगीलाई चयन गरिएको छ।
यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा ईश्वर रोाकाय, प्रथम उपाध्यक्षमा शारदा शाह, उपाध्यक्षमा रामचन्द्र ओझा, महासचिवमा दिलेन्द्र प्रशाद जोशी, सचिवमा उमेश… विस्तृतमा
October 11, 7:18
धनगढी, असोज २४ -
गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा आगामी नेतृत्वका लागि कतारबाट नरेन्द्र भाटले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएन अभियानमा लागेका पुराना अभियन्ताका रुपमा चिनिने भाटले आगामी कार्यकालका लागि मध्यपूर्वको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन अभियानमा मध्यपूर्वको महत्व रहँदै आएता पनि माथिल्लो तहको नेतृत्वमा पुगेर… विस्तृतमा
October 08, 7:50
गाई पाले दुध दिन्छ , भैसी पाले मोहि, हिजो मैले छोरो पाले,के पाएत खै ? रुख हुर्काए फल दिन्छ,कुखुरा हुर्काए मासु, छोरा छोरी हुर्काएर , आखा भरी आसु । उठन बस्न सक्दिन ,पापी पेट रुन्छ , नत छोरा न बुहारिले,मेरो कुरा सुन्छ । कहिले आउला काल भनी, दिनहरु गन्छु, छोरा तैले न्याय पायस,अन्न्याय म सहन्छु। ९ महीना सम्म आमाले हामीलाई पेटमा पाल्छिन ! गर्भावस्था भरी वाकवाकी सहन्छिन ! खुट्टा सुन्याई-सुन्याई पेटको… विस्तृतमा
July 30, 7:03
रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केकेको १३ वर्ष पुग्यो।
७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन्। छोरो घर फर्किने अत्तोपत्तो छैन।
मानवबहादुरको वैधानिक भिसा छैन। उनी मलेसियाको आवसीय कानुनविपरीत बसिरहेका छन्। गैरकानुनी हैसियतमा मलेसियामा लुक्दै बसिरहेका
‘मानबहादुरहरू’लाई बिनाजेल स्वदेश फिर्ने अवसर पुनः दिइएको छ। भिसा नभई म्याद सकिएर… विस्तृतमा
June 14, 3:42
धनगढी, जेठ ३१ -
प्रहरीले सुनका गरगहना र नगद रकम सहित ४ जनालाई पक्राउ गरेको छ । भारतको लुधियाना पन्जाब स्थित गुरुदेव नगरबाट चोरिएका सुनका गरगहना र झन्डै साढे तीन लाख नगद सहित कैलालीका २ र कञ्चनपुरका २ जनालाई उनीहरूको घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिकाका योगेन्द्र बिक, गौरिगंगा नगरपालिकाका कुमार भुल, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानबहादुर कार्की र… विस्तृतमा
March 15, 12:26
काठमाडौं– चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा गोविन्द केसी १५औं अनसनमा छन्। कर्णाली स्वास्थ्य विज्ञा प्रतिष्ठान, जुम्लामा अनसनरत डा केसीले चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग २०६६ सालदेखि उठाउँदै आएका हुन्।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा केसीले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका विकृति र विसंगति रोक्न सुरुका दिनमा ज्ञापन पत्र बुझाउने, सरकारका पदाधिकारीसँग छलफल गर्ने जस्ता काम… विस्तृतमा
March 15, 12:20
धनगढी, साउन १ –
मुलुकमा रोजगारीका लागि युरोप र तेस्रो मुलुक आकर्षक गन्तव्य भए पनि प्रदेश ७ बाट झण्डै डेढ लाख नागरिक रोजगारीका लागि भारत गएका छन् । भारत रोजगारीका लागि गएकाहरुको शैक्षिक अवस्था सामान्य रहेको समेत तथ्याङ्कमा देखिएको छ । भारत गएकामध्ये एक लाख चार हजार जनाले प्राथमिक तहसम्मको मात्रै अध्ययन गरेका छन् भने ३९ हजार निरक्षर र ३५ हजार जनाले अनौपचारिक शिक्षा लिएको तथ्याङ्क कार्यालय कैलाली र… विस्तृतमा