सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्षमा पुनः बलायर

Balayar
Balayar
October 13, 4:49

असोज २६ 
धनगढी, 
सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको अध्यक्षमा पुनः धनवहादुर बलायर चयन भएका छन्। धनगढीमा भएको दोश्रो महाधिवेशनले अध्यक्षमा बलायरलाई सर्वसम्मत चयन गरेको हो। यस्तै समितिको संरक्षकमा डाक्टर भरतवहादुर नेगीलाई चयन गरिएको छ।

यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा ईश्वर रोाकाय, प्रथम उपाध्यक्षमा शारदा शाह, उपाध्यक्षमा रामचन्द्र ओझा, महासचिवमा दिलेन्द्र प्रशाद जोशी, सचिवमा उमेश जोशी र कोषाध्यक्षमा भुवनप्रकाश भट्ट चयन भएका छन्। समितिको गल्फ संयोजकमा हर्कवहादुर भण्डारी चयन भएका छन्।

रामप्रशाद जैशी, प्रकाश नायक र मोहन वहादुर रावत केन्द्रिय सदस्यमा चयन भएका छन्। सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन शुक्रवारदेखि धनगढीमा सुरु भएको थियो।
सम्मेलनले विभिन्न देशमा रहेका सुदूरपश्चिमेली समाजको छाता संगठनका रुपमा रहेको अन्तराष्ट्रिय समाजको नयाँ नेतृत्व चयन गरेको हो। समाजका गतिविधिका विषयमा पनि सम्मेलनमा छलफल भएको निवर्तमान महासचिव अमृत शाहीले बताए।
समाजमा विश्वका करिब ४० भन्दा बढि राष्ट्रमा रहेका सुदूरपश्चिमेलीहरु युवाहरुको आबद्धता रहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा