काजकिस्तानमा विमान दुर्घटना :१४ जनाको मृत्यु

Kazikitsta
Kazikitsta
December 27, 3:07

एजेन्सी — काजकिस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एअरको विमान दुर्घटना भएको हो । बीबीसीका अनुसार दुर्घटनामा परि घाइते भएका बालबालिकासहित ६० जनालाई उद्धार गरी अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त विमान अलमाटीबाट राजधानी नुरसुल्तानका लागि उडान भर्दै थियो। टेकअफ गर्ने्बित्तिकै टावरसँग सम्पर्क विच्छेद भएर विमान दुर्घटना भएको बताइएको छ । अलमाटी विमानस्थलका अधिकारीहरुमा अनुसार विमानमा ९३ यात्रु र ५ जना क्रु मेम्बर थिए ।

दुर्घटनाग्रस्त विमानमा आगलागी भने नभएको बताइएको छ । दुर्घटनाग्रस्त विमान विमानस्थलनजिकै एउटा भवनमा ठोक्किन पुगेको छ । बेक एअर सन् १९९९ मा स्थापना भएको हवाइसेवा प्रदायक कम्पनी हो ।

जसले सुरुमा भीआईपी उडान मात्रै गर्थ्यो।अहिले भने यसले आफू कजाकस्तानकै सस्तो हवाइ सेवा दिने कम्पनी भएको दाबी गर्छ । कजाकस्तानको अलमाटीमा यसअघि सन् २०१३ को जनवरीमा पनि विमान दुर्घटना भएको थियो । कोशेताउबाट अलमाटीका लागि उडान भरेको स्क्याट एअरलाइन्सको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा