कैलालीमा जनप्रतिनिधिकै आडमा अवैध रुपले चुरे उत्खनन, नियमनकारी निकाय मौन

chure
chure
March 19, 8:20

धनगढी, चैत्र ६ - चुरे गाउँपालिकामा मापदण्डविपरीत खोला उत्खनन भइरहेको पाइएको छ । स्थानीय तहले ठेक्का दिएका खोलानालाबाट धमाधम अवैध रूपमा ढुंगा, बालुवा उत्खनन भइरहेको हो ।
खोलाजन्य सामग्री मनोमानी रूपमा ठेकदारले उत्खनन गर्दासमेत स्थानीय जनप्रतिनिधि मौन छन् । चुरेको नदी खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्री वितरण प्रक्रिया अनुगमन नियमनसम्बन्धी कार्यविधि बने पनि कार्यविधिअनुसार काम हुन सकेको छैन । 
स्थानीय सरकारमार्फत ठेक्का प्रणालीमा सहभागी भएर नदी र खोलाजन्य सामग्री उत्खनन गरिरहेका ठेकदारले मनोमानीपूर्ण तरीकाले काम गरिरहेको पनि पाइएको छ । उत्खनन स्थलमा उत्खन नगर्ने नदीजन्य पदार्थको परिणामसमेत खुल्नेगरी होर्डिङबोर्ड राख्नुपर्नेमा  राखीएका छैनन् । नदीको पानीभित्र मेसिनरी प्रयोग गर्न नपाइने व्यवस्था भए पनि अटेरी गरिएको छ । नदी बहाब क्षेत्रमा सामग्री संकलन भइरहेको छ ।
चुरे क्षेत्र संग जोडिएका स्थानीय तह चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका लगायतका प्रतिनिधिको सहभागितामा बनाइएको कार्यविधिमा उद्देश्य, क्षेत्र, नदीजन्य पदार्थ उत्खनन संकलन हुने प्रक्रिया, खानीजन्य साधारण निर्माणमुखी खनिजपदार्थ उत्खनन प्रक्रिया, अनुगमनसम्बन्धी व्यवस्था, कसुरको किसिम र कारबाही प्रक्रियाबारे उल्लेख गरिएको छ । 
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ड, नहर, वन, चुरे र तटबन्धको ५ सय मिटरभित्रबाट ढुंगा, बालुवा, ग्राभेल र माटो झिक्न नपाइने मापदण्ड निर्धारण गरिए पनि यहाँका नदी तथा खोलानालामा विधिअनुसार उत्खन नहुन सकेको छैन ।
चुरे क्षेत्रमा स्थानीय र जिल्ला अनुमगन तथा समन्वय समितिमा अभिलेखिकरण नगराई मेसिनरी साधान प्रयोग गरिएका छन् । स्थानीय सरकारले आफ्नो क्षेत्रका खोलानाला उत्खननबाट हुने आम्दानीमा ६० प्रतिशत पाउने कानुनी व्यवस्था रहेको छ । आम्दानीको ४० प्रतिशत सघ र प्रदेश सरकारको हुने व्यवस्था छ । आफ्नो अधिकार क्षेत्रमा चुरे गाउँपालिकाले नदी र खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का लगाएको हो ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले भने यो विषयमा अनभिज्ञता व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति कैलालीका  प्रमुख सुर्य बहादुर थापा केही स्थानमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन र संकलन भइरहेको गुनासो आइरहेको हुदाँ तुरुन्तै अनुगमनका लागी टोली पठाउने बताउनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा