भारतबाट आएका सयौं नेपालीहरु गौरीफन्टा नाकामा अलपत्र

Gaurifanta
Gaurifanta
March 24, 11:27

धनगढी, चैत्र ११ - नेपालमा आज बिहान देखी लक डाउन गरिएको छ । यसैबेला भारतका बिभिन्न शहरहरुवाट नेपाल आउदै गरेका नेपालीहरु सिमा नाकामा बिचल्लीमा परेका छन् ।
कैलालीको भारतसंग सिमा जोडिएको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकावाट नेपाल भित्रिरहेका सयौ नेपाली बिचवाटोमै अलपत्र भएपछि बिचल्लीमा परेका हुन् ।
आज बिहान करिब ५ सयको संख्यामा भारतमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्ने प्रयास गरेपछि स्थिति असहज बनेको हो।
नेपालमा लकडाउन गरिएपछि उनीहरुलाई नेपाल प्रबेश गर्न दिइएको छैन । विश्वब्यापी महामारीका रुपमा फैलिदै गएको कोरोना भाइसरको संक्रमण भारतमा पनि बढ्दै गएपछि अहिले सुदूरपश्चिम प्रदेश सहित बिभिन्न ठाउँका नागरिकहरु आ आफ्नो गाउँघर तिर फर्किरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा