कलाकर्मि संघ द्वारा बिपन्नलाई मास्क र साबुन बितरण 

Mask
Mask
April 10, 4:54

बझाङ, चैत्र २८ – नेपाल साँस्कृतिक कलाकर्मी संघ जिल्ला शाखा बझाङले महामारीको रूपमा फैलिएको  कोरोना बाट  बच्न अति बिपन्न र दलित बस्तीमा ४५० थान मास्क र साबुन बितरण गरेको छ । संघले मष्टा गाउँपालिकाको वडा न. ३ को  गैरी गाउँ,भिमण ,धामी गाउँ र भातेखोला बितरण गरिएको छ । त्यस्तै दुर्गाथली गाउँपालिका वडा न ७ गैरागाउँमा पनि १०० थान मास्क बितरण गरिएको नेपाल साँस्कृतिक संघ बझाङ जिल्ला अध्यक्ष गायिका साधना बिसिले बताउनु भयो ।   गाउँमा चेतनाको अभाव रहेकाले एक टोल एक कलाकर्मी मात्र सहभागी रहेर हामीहरूले जो जहाँ छौं त्यही बाट सहयोग गर्ने भन्ने निर्णय गरि यो कार्य गरेको बताउनु भयो । एक टोल एक कलाकर्मी अभियान संगै मास्क र साबुन बितरण गरिएको हो अध्यक्ष बि।सि। ले बताउनु भयो । गहुँ काट्ने समय भएकाले सबैलाई कोरोना बाट बच्न सचेत गराउन बेलाबेलामा हात धुन अनुरोध गर्दै  सामाजिक दुरि कायम गरौं ,आफू बचौं अरुलाई बचाऔं, आफ्नो स्वास्थ्य बारे सचेत रहौं , लकडाउनको पालना गरौं भन्दै जनचेतना समेत फैलाउने काम गरिएको बताईएको छ । 
लकडाउनका कारण धेरै ठाउँ दिन नसकिएता पनि केही ठाउँमा कलाकर्मिहरु मार्फत थप सहयोग गर्ने संघले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा