भारतबाट आएका बझाङका एकजनाको आरडीटी पोजेटिभ

RDT
RDT
May 13, 7:51

बझाङ, वैशाख ३१ – भारत हुँदै झुलाघाटबाट बैशाख १८ गते बझाङ आएका एक जनामा आरडीटी परिक्षण गर्दा कोरोना पोजेटिभको लक्षण देखिएको छ । झुलाघाटबाट घर आएर क्वारेन्टाइनम बस्दै आएका एक जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको हो ।
आरडीटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल ल्याएकोे जिल्ला अस्पताल बझाङका डाक्टर सन्दिप ओखेडाले बताए । ओखेडाका अनुसार पीसीआर बिधिबाट परीक्षण गर्दा संक्रमण भए नभएको थाहा हुने छ ।
आरडीटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिए पछि उनी सँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य १० जनाको पनि स्वाव संकलन गरी धनगढी पठाउने प्रमुख जिल्ला अधिकारी उमेस पाण्डेले बताए ।
जिल्लामा गरेको आरडीटी परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको यो पहिलो घटना हो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा