नेपालमा थप १ सय ८९ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ सय पार

Corona Update
Corona Update
May 30, 4:14

काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या आज चौथो दिन पनि लगातार १ सयभन्दा बढीले थपिए। आज १ सय ८९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराएका छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ सय सीमा पार भएको छ। शनिवार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमितको सङ्ख्या थपिएको जानकारी दिए। कपिलवस्तुमा धेरै सङख्यामा संक्रमित थपिएका छन्। एकै दिन ७७ जनाका कपिवस्तुमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै बारा, सप्तरी, लगायत जिल्लामा संक्रमित थपिएका छन्। एक जना ललितपुरमा पनि संक्रमित भेटिएका छन्।

यससँगै नेपालमा संक्रमण ५३ जिल्लामा फैलिएको मन्त्रालयले जानकारी गराएको छ। हिजोसम्म नेपालमा कूल १२ सय १२ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोनाका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ६ रहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा