४ दिन अघि भारतको पन्जाबबाट फर्किएर क्वारेन्टाइनमा बसेकी बैतडीकी एक युवतीको मृत्यु

death-symbol
death-symbol
June 02, 10:34

बैतडी, जेठ २० - बैतडीमा क्वारेन्टाइनमा बसेकी एक युवतीको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीय सुनिता लुहारको मङ्गलवार बिहान मृत्यु भएको हो ।
मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए। लुहारको अवस्था हिजो सामान्य रहे पनि आज बिहानै मृत्यु भएको उनको भनाई छ ।

मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै भारतको पन्जाबबाट स्वदेश फर्किएको बताइएको छ । उनी १८ गतेदेखि श्रीमान् र १८ महिने बच्चासहित क्वारेन्टाइनमा बसिरहेकी थिइन् । 

मृतको स्वाब सङ्कलन गर्ने तयारी भइरहेको छ भने पोस्टमार्टम कोरोना परीक्षणपछि मात्रै गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा