दुई साता अघि काठमाडौँबाट फर्किएका एक युवकसहित बझाङका थप ६ जनामा कोरोना पुष्टि

Corona
Corona
June 06, 2:59

बझाङ, जेठ २४ – बझाङको खप्तड छान्ना गाउँपालिकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सँगै बझाङमा सङ्क्रमितको सङ्ख्या सात पुगेको छ।
कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुई जना ४० बर्सिया महिला छन्। उनीहरूमध्ये पाँच जना भारतको दिल्लीबाट एक हप्ता अगाडि धनगढीस्थित त्रिनगर भन्सार नाका भएर आएको र एक जना २५ वर्षीय पुरुष दुई हप्ताअघि काठमाडौँबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए।
सङ्क्रमितलाई खप्तड छान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा