उदयीमान गायक अधिकारीको नयाँ गीत सार्वजनिक

Song released
Song released
June 09, 9:25

धनगढी, जेष्ठ २७ - शहरबजारहरुमा संगीत प्रशिक्षण केन्द्रहरु सयौंको संख्यामा खुलेका छन् । राजधानीमा यस्ता केन्द्रहरु झन धेरै छन् । त्यहाँ संगीत प्रशिक्षण लिनेहरुको घुइँचो नै देखिन्छ । पछिल्लो समय युवाहरुमाझ सङ्गीत प्रशिक्षण लिनु फेसनजस्तै बनेको छ । सङ्गीत बजारमा फरक फरक शैलीका गीतहरु आउने क्रम पनि त्रिब्र छ । तर सिकाई र प्रशिक्षण औपचारिक विद्यालय या प्रतिष्ठानहरुमा मात्र हुदैन् । दृढ इच्छाशक्ति र समर्पण भए मान्छेले पाइलैपिच्छे ज्ञान र सीप हाँसिल गर्न सक्छ । सर्जकले घरदैनिकी माझ सशक्त सिर्जना तयार गर्न सक्छ । गायक सङ्गीतकारले कालजयी गीत सिर्जन ागर्न सक्छ । साधनाले घरआँगन, बाटो चौबाटो खेतबारी केही भन्दैन । मेहनतले कुनै स्थान रोज्दैन । साधना र मेहनतले सशक्त कलाको जन्म हुन्छ । प्रतिभाको प्रस्फुटन हुन्छ । यसैको उदाहरण हुन – उदयीमान गायक पुष्पबिक्रम अधिकारी । उनको पछिल्लो सशक्त गीत सार्वजनिक भएको ।
सुदूरपूर्वको भाषा र संस्कृति बोकेको परिवारमा जन्मेका पुष्पबिक्रम अधिकारी सुदूरपश्चमको समाजमा हुर्किए । धनगढी कैलाली स्थायी बसोबास भएका उनले यहींको सभ्यता र संस्कृति सिके बुझे । प्राकृतिक रुपमै मान्छे कुनै न कुनै चरित्र, विशेषता र प्रतिभा बोकेर हुर्किन्छ । अधिकारीको बाल्यकाल देखिकै रुचि गीत गाउनुमा रह्यो । जीवनमा जहाँ जहाँ पाइला राखे पनि उनको ओठबाट गीतका अन्तराहरु गुन्जीरहे, उनको हृदयबाट संगीतको धून गुन्जिरह्यो । त्यसरी अक्सर गुन्जिने गीतहरु स्वदेश विदेशका अजर अमर गायक गायिकाहरुका थिए । बाल्यकालमा उनलाई लाग्थ्यो यसरी सुनिने गीतहरु मेरै औलाले लेखेका र मेरै आवाजले गाएका भए कस्तो हुँदोहो ? उमेर बढ्दै जाँदा उनको हृदयमा गायक बन्ने सपनाले ठाऊँ लिदै गयो । पछि त्यो सपना प्रण बन्यो । गायक बनीछाड्ने प्रण । उनले दैनिकीका हर मोड हर क्षण गीत गुन्गुनाए –कैले आवाज लुकाएर कैले आवाज खुलाएर । उनले कुनै सङ्गीत विद्यालय देखेनन्, कुनै प्रशिक्षण केन्द्र चिनेनन् । उनले चरा हेरेर गुन्गुनाए, आकाश हेरेर, बादल हेरेर र बतासका लहरा हेरेर गुन्गुनाए । पानीको कलकलले उनलाई रियाज सिकायो, बजारमा बजिरहने गीतहरुका हर्कतले उनलाई रियाज सिकाए । उनले सिके । अन्ततः आफ्नो गुरु आफै भएर उनले संगीत सिके । उनको गीत रेकडिङ्ग स्टुडियोमा बाजाका सूरतालसँगै सजिएर रेकर्ड भयो । नेपाली मूलभाषी अधिकारीले डोटेली माटोको सुगन्ध बोकेको गीत डोटेली भाषामै गाए – म त सूदुरपश्चिमेली ठीटो ... ।
गीत युट्युबमा गयो, सामाजिक सञ्जालमा छायो । सयौं मान्छेहरुले मन पराए । सर्जकका लागि स्रोता दर्शकको माया भन्दा ठूलो अर्को पुरस्कार हुदैन । उनी हौसिए । त्यो २०७५ सालको कुरा थियो । आज दूई वर्षपछि उनले अको गीत सार्वजनिक गरेका छन् – माझिएर, खारिएर । झन सशक्त बनेको छ गीत । गीतमा उनी सिकारु या नवसर्जक जस्ता पटक्कै लाग्दैनन् । एक परिपक्व गायकको परिपक्व आवाजमा गीत सार्वजनिक भएको छ – जवदेखि मैले होस पाएँ ......।
नेपाली लोकपप शैलीको मेलोडी गीत “जव देखि मैले तिमीलाई पाए” गायक अधिकारीले आफै रचना गरेका हुन भने संगीत समेत आफै तयार गरेका हुन । गीतमा अधिकारीको गायकी, सङ्गीत संयोजन र रचना सशक्त र परिपक्व छ ।
गीतको म्युजिक भिडियो पनि आजै अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा कलाकार विशाल रावत, पुजा चन्द र बाबा सिंहको उत्कृष्ट अभिनय रहेको छ भने गायक अधिकारीकै जीवनसङ्गिनी विजया आचार्य अधिकारीको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । 
अधिकारी पेसेवर गायक हैनन् । हाल शिक्षण पेसामा संलग्न अधिकारी छिट्टै सशक्त गायकको रुपमा स्थापित हुनेछन् ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा