पहिरोमा पुरिएका ३ जनाको शव निकालियो, २ जनाको निकाल्न समस्या, ३ अझै बेपत्ता

Pahiro
Pahiro
June 14, 9:02

पर्वत, जेठ ३२ — शनिबार राति कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका ५ जनाको शव फेला परेको छ । ३ जनाको शनिबार राति र २ जनाको आइतबार बिहान शव भेटिएको हो ।
घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले ३ जनाको शव पुरिएको अवस्थाबाट निकालेको हो । दुई जना पुरिएकै अवस्थामा मृत फेला परेको भए पनि उनीहरुलाई बाहिर निकाल्न समस्या भएको छ ।

मृतकहरुमा तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छैन ।

त्यस्तै आइतबार बिहान उद्धारकर्मीले पहिरोमा पुरिएका अरु २ जनाको शव फेला पारेको छ । उनीहरुको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । उनीहरुलाई निकाल्न समस्या भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् ।

पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ । राति अबेरसम्म वर्षा नरोकिएपछि सदरमुकामबाट उद्धारमा गएको सुरक्षाकर्मीहरुको टोली राति २ बजे फर्किएको थियो । बिहान ६ बजेदेखि एक्स्काभेटरको समेत सहायतामा उद्धार कार्य जारी रहेको स्थानीय होमबहादुर थापा मगरले बताए । उनका अनुसार स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् । करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षपछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो । रातभर वर्षा नरोकिएपछि उद्धार कार्यमा समस्या भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

घटनास्थल पुगेका वडाध्यक्ष तेजप्रसाद पाध्यायका अनुसार स्थानीय भुवन गिरीको घर पनि पहिरोले पुरेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित स्थानीयबासी समेत उद्धारमा संलग्न छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा