Dhangadhi Corona
ad

डडेल्धुराका ८४ सहित सुदूरपश्चिममा थप २ सय ३८ जनामा कोरोना पुष्टि, अहिलेसम्मकै बढी संक्रमित आज 

Corona
June 18, 5:07

धनगढी, असार ४ –  

सुदूरपश्चिममा २४ घण्टामा दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालमा २४ र बाँकेको प्रयोगशालामा एक गरी दुई सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ ज्नामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका थिए।

यस्तै बाँकेको एक प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको थियो। उनमा मृत्युपछि कोरोना पुष्टि भएको हो। धनगढी प्रयोगशालामा कञ्चनपुरका २०, कैलालीका तीन र अछाम जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय ४९ जना, कञ्चनपुरमा ९५, डडेल्धुरामा एक सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन्।

 

Alternative text

सम्बन्धित वर्गका समाचारहरू

एलपीएल : अर्जुन साउदको सतकमा शारदाको सानदार जित
धनगढी  : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगितामा लिटल… विस्तृतमा
९६ वर्षको उमेरमा अस्ताए दानवीर बद्रीनाथ भण्डारी
धनगढीः  धनगढीका समाजसेवी बद्रीनाथ भण्डारीको निधन भएको छ । धनगढी उप–महानगरपालिका -४ उत्तरबेहडीका… विस्तृतमा
पूर्व मन्त्री सोडारीद्वारा विद्यालय भवनको शिलान्यास
 कैलालीको गौरीगंगा नगरपालिका वडा न. - ६ बनबेहडा स्थित बिणा विद्या मन्दिरको दुई कोठे पक्की भवनको आज… विस्तृतमा
चण्डिका ग्रुप एलपिएल -५ को सह–प्रायोजक डिस होम
धनगढी - फागुन १४ गते देखि २४ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग– ५… विस्तृतमा