कोरोना संवेदनशिलताका बारेमा ब्यावसायीहरु संग छलफल

Chalfa
Chalfa
June 28, 4:07

धनगढी, असार  १४ – धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कोरोना संवेदनशिलता लगायतका बिषयमा धनगढीका ब्यावसायीक संघसंस्थाका प्रतिनिधीहरु संग छलफल गरेका छन् ।
आईतबार उद्योग वाणिज्य संघ कैलाली, औषधी ब्यावसायी संघ, तरकारी ब्यावसायी संघ, किराना ब्यावसायी संघ र मदिरा ब्यावसायी संघका प्रतिनिधीहरु संघ छलफल तथा सुझाव दिने काम गरे । सरकारले लकडाउन खुकुलो बनाउदा जोखिम बढेको भन्ने गुनासो आउन थालेपछि नगरप्रमुख नृपबहादुर वडले ब्यावसायीहरु संग छलफल सुरु गरेका हुन ।
नगरप्रमुख वडले ब्यावसायीहरु संग पसलका अगाडी डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकहरुको भौतिक दुरी कायम हुने वातावरण बनाउन आग्रह गरे । दुरी कायम नहुदा सबैतिर जोखिम बढेको नगरप्रमुख वडले भने, त्यसैले यसलाई कडाईका साथ लागु गर्न म अनुरोध गर्दछु ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले असार मसान्तको समयमा बजार पूर्णरुपमा लकडाउन गरेमा ब्यावसायीहरु मारमा पर्ने बताए । ब्यावसायीहरुको ठूलो लगानी बजारमा हुन्छ उठ्ने समय यही हो अध्यक्ष कुँवरले भने, अहिले लकडाउन गर्नुभन्दा ग्राहको भौतिकदुरी कायम हुने गरी कारोवार गर्ने ब्यबस्था गरौं । कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भौतिक र सामाजिक दुरी कायम गर्न लगाउने र मास्क अनिवार्य प्रयोग गर्न लगाउनेमा कडाई गर्नुपर्ने बताए ।
औषधी ब्यावसायी संघ कैलालीका अध्यक्ष जनकराज जोशीले अत्तरीया लगायतका ठाउँमा स्थानीय सरकार, उद्योग बाणिज्य संघले लकडाउनमा कडाई गरेको अवस्थामा धनगढीमा पनि लकडाउनमा कडाइै अवश्यक भएको बताए ।
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा