बझाङमा दुई गाउँ बिच झडप , दुई जना घाइते
६ साउन२०७७
दोरेन्द्र खड्का बझाङ – खप्तड छान्ना गाउँपालीकामा दुइ गाउँ विच झडप हुदाँ दुइ जना घाइते भएका छन । खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ को माझीँ गाउँ र वडा नम्बर ३ को मेलतडि गाउँको झडप हुदाँ वडा नम्बर ३ कि वडा सदस्य सुपारि रावल र छान्ना प्रहरी चौकिका असइ राम बहादुर बम्म घाइते भएका छन ।
गाउँलेहरुले दोहोरो ढुंगामुणा गरे पछि वडा सदस्य रावलको पिठिउँ र टाउँकोमा र असइ बम्मको हातमा चोट लागेको छान्ना चौकिले बताएको छ । मेल्तडिका धिरज रोकाया र माझीँ गाउँका आचल रोकायाको एक आपसमा पहिले देखिनै घरायसि मनमुटाव भएको र सामाजिक संजालमा गालिगलोज गरेको कारण माझीँ गाउँका बासिन्दा खानेपानिको योजनाको काम गर्न मेलतडि गएका बेला त्यहि मौका पारि मेलतडि बासिहरुले ढुंगामुडा गरेको छान्ना प्रहरी चौकिले जानकारि दिएको छ ।
घाइते दुबै जनाको मेलतडि स्वास्थ्य चौकिमा उपचार भैरहेको र घाइतेको अवस्था सामान्य रहेको छान्ना प्रहरी चौकिका असइ राम बहादुर बम्मले बताउनु भएको छ । साथै मिलोमतो नभएकाले जिल्ला पठाउने तयारि रहेको समेत बम्मले बताउनु भयो ।