बझाङमा जनप्रतिनिधि र कर्मचारीहरु मात्रको सहभागितामा सार्बजनिक सुनुवाइ

बझाङ
बझाङ
July 23, 8:37

२०७७ साउन ८ गते
दोरेन्द्र खड्का बझाङ
बझाङको सदरमुकाम चैनपुर क्षेत्रमा रहेको जयपृथ्वी नगरपालीकाले विहिबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा जनप्रतिनिधि र कर्मचारीको मात्रै बढी सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानिय सरोकारवाला सहित उपभोक्ताहरुको सहभागिता हुनु पर्ने भए पनि नगरपालीकाले सार्वजनिक सुनुवाइको व्यापक जानकारि नगरि गुपचुपको रुपमा सार्वजनिक सुनुवाइ गरेको सहभागिहरुले गुनासो गरेका थिए । जिल्ला समन्वय समितिको सभाहलमा नगरपालीकाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालीकाले आर्थिक बर्ष २०७६ , २०७७ सालको योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गरेको थियो । सभाहलमा योजनामा बजेट विनियोजन गर्ने जनप्रतिनिधि र कर्मचारी मात्रै सहभागि रहेकाले सार्वजनिक सुनुवाइको खासै प्रभावकारी नभएको सहभागिहरुले बताएका छन । साथै जयपृथ्वी नगरपालीका १० का वडा अध्यक्ष दल बहादुर विष्ट पनि सार्वजनिक सुनुवाइ गर्नु भन्दा अगाडि नगरपालीकाले सबै हरहिसाब अनुमोदन नगरि एका एक सार्वजनिक सुनुवाइ गरेको हुदाँ आफुलाइ चित नबुझेर बाहिर गएको बताउनु भएको छ ।

जिल्लाको मुटुमा रहेको जयपृथ्वी नगरपालीकाले गर्ने काम कारबाहिहरु अरु पालीका भन्दा चुस्तदुरुस्त नितिसंगत पारदर्शी र जवाफदेहि होला भन्ने सबैले अपेक्षा गरेको भए पनि विगत बर्ष देखि नगरपालीकाले यस्तो कुरोलाइ बेवास्था गरेको देखिन्छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालीका इन्जिनियर लाल बहादुर थापाले भौतिक पुर्वाधारको प्रगती विवरण प्रस्तुत गरेका थिए भने लेखा अधिकृत लाल बहादुर खातिले बित्तीय प्रगति प्रस्तुत गरेका थिए । यस बर्ष नगरपालीकाको कार्य सम्पादनमा कोरोना माहामारिले भएको लकडाउनका कारण केहि प्रभावित भए पनि समग्रमा अन्य कामहरु भने सन्तोषजनक नै रहेको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागिहरुले योजनामा कमिसन माग्ने गरेको , योजनाहरुको अनुगमन आफुले मात्रै गर्ने गरेको , टुक्रे योजनाहरु आफन्त र कार्यकर्तामुखि भएका साथै नगरपालीकामा आर्थिक अनियमितता समेत हुने गरेको सहभागिहरुले गुनासो राखेका थिए । साथै सार्वजनिक सुनुवाइमा नगरपालीका भित्रका अन्य सेवा प्रवाहको अवस्था सामाजिक आर्थिक सुधारको अवस्था प्रतिबेदनमा समेटिनु पर्ने भए पनि नगरपालीकाले भने आम्दानि रकम , खर्च रकम र भौतिक प्रगती मात्रै सुनाएको थियो । नगरपालीकाले सार्वजनिक सुनुवाइमा नगरस्तरिय राजनैतिक दलका प्रमुख, संघ संस्थाका प्रतिनिधि निधिहरु साथै जिल्ला स्थित अन्य सरोकारवालाहरुलाइ पनि बोलाएको थिएन । सार्वजनिक सुनुवाइ अलि झारो टार्ने र पुरानै शैलिमा देखिएको पत्रकार महासंघका अध्यक्ष जगदीस रोकायाले भने , जनप्रतिनिधि सहितको स्थानिय सरकार आइसके पछि यस्ता कार्यक्रमहर प्रभावकारि हुनु पर्नेमा पुरानै ढंगको कर्मकाण्ड जस्तै देखीयो ।

सार्वजनिक सुनुवाइको सन्दर्भमा बोल्दै जयपृथ्वी नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत मंगल बहादुर शाहीले कोरोना भाइरसको कारण धेरै सहभागिहरु हुन नसकेको बताउदै आगामी दिनमा तेस्रो पक्ष बाट सहजिकरणको जिम्मा दिएर प्रभावकारि गर्ने बताउनु भएको छ । सहभागिबाट आएका गुनासाहरुलाइ सम्बोधन गर्दै नगर प्रमुख विरेन्द्र खड्काले चैनपुर बजारलाइ , व्यवस्थित गर्ने र फोहोर व्यवस्थापनका लागि डम्पीङ साइडको निमार्ण गरि गुनासाहरु लाइ आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा