बझाङमा पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अन्तीम चरणमा ,

PCR
PCR
July 25, 8:28


२०७७ साउन ,१०
दोरेन्द्र खड्का बझाङ

बझाङ जिल्लामा पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अन्तीम चरणमा पुगेको छ । जिल्लामा भारत लगाएत अन्य मुलकबाट जिल्लामा भित्रिनेहरुको संख्या क्रमिक रुपमा बढ्न थालेपछी जिल्लाका सवै स्थानिय तह र समन्यव समितीले जेष्ठ २६ गने पसिआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।

कोरोना भाईरस सक्रमण भएका हरुको पिसिआर परिक्षण गर्न काठमान्डौ,धनगढी, डडेल्धुरा लगाएत अन्य ठाँउमा पठाउनु पर्ने र रिर्पोट ढिलो आउने भएकाले जिल्लामै पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर नन्द धामीले बताउनुभयो ।

पिसिआर मेसिन खरीद पक्रियावारे सोध्दा जिल्ला स्वास्य कार्यालय बझाङका मेडिकल सुपरिटेन्डेन्ट सन्दीप ओखेडा का अनुसार जिल्लाका १२ ओटा स्थानिय तहहरुमध्ये ११ ओटै स्थानिय तहले पिसिआर मेसिन खरीदका लागी खातामा पैसा जम्मा गरीसकेको र वुगल नगरपालीकाले रकम जम्मा गर्न वाकी रहेको बताउनुभयो।

ओखेडाले थप्नुभयो मेसिन खरीदको लागी टेन्डर प्रक्रिया अवको एक हप्ता भित्र सम्झौत गर्ने र सभ्झौता लगतै मेसिन खरीद प्रक्रिया अगाडी वढाइनेछ।

जिल्ला समन्वय समितिको पहलमा जिल्लाका १२ वटा स्थानिय तहका अध्यक्ष,राजनीतिक दलका पार्टी प्रतिनिधिहरुको संयुक्त बैठक बसी कोरोना चेकजाँचको लागि पिसिआर मेसिन खरिद गर्ने भन्ने निर्णय गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा