शिर्षक : महाभारत युद्ध

बिभुति
बिभुति
July 31, 8:00


विभूति अधिकारी
दुन एकेडमी

कविता 
शिर्षक : महाभारत युद्ध
छन्द : इन्द्रवज्रा

हामी सबैले अब युद्ध थालौँ
यो सत्यताको रण युद्ध थालौँ
हारेर द्रुर्योधन नर्क जाओस्
बाचोस् सधै सत्य असत्य हारोस् ।

यी द्रोपदीले अब न्याय पाऊन्
त्यो रक्त दु:शासनको बगाऊन्
यै भीम जन्मोस् प्रण गर्न सक्ने
मामाहरूको छल जाल हर्ने ।

राखेर भार्यातक दाउ चल्दै
पासा र कौडा मनले उफार्दै
गर्दैछ बेची सँगिनी कुकाज
यस्ता अझै छन् कति धर्मराज !

अन्याय गर्ने गुरु द्रोण जस्तो
कोही यहाँ बन्नु हुदैन यस्तो
थालौँ कुरुक्षेत्र प्रवेश गर्न
यो सत्यताको कलि युद्ध छेड्न ।।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा