बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालय संचालन गर्यो।

school
school
August 01, 2:03


शनिबार १७, साउन २०७७
 बाजुराको जगन्नाथ गाउँपालिकाले साउन १५ गतेदेखि बिद्यालय सञ्चालनमा ल्याएको छ ।  कोरोना संक्रमणको जोखिम घटेपछि पठन पाठन नै सुचारु गर्ने गरी गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

   साउन १५ गते देखि पढाई संचालन गर्ने गाउँ कार्यपालिकाको निर्णय अनुसार साउन १५ देखि नियमित पढाइ सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । उनका अनुसार  साउन १४ सम्म भर्ना र पाठ्य पुस्तक वितरण कार्य सकिएको र १५ गतेबाट पढाइ सञ्चालन गरिएको हो । सामाजिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग सहित पठन पाठन सञ्चालन गरिएको अध्यक्ष शाहीले बताए ।

गाउँपालिका भित्र आइसोलेशन र क्वारेन्टाइन बनाईएका विद्यालयलाई सेनिटाइज पछि र विद्यार्थी, शिक्षक अभिभावक तथा सरोकारवाला निकायसँगको सहकार्यपछि विद्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए । साउन १५ देखि गाउँपालिका भित्र रहेका सम्पूर्ण १७ वटै विद्यालय सञ्चालन भएका छन् । जिल्लामा देखिएका ५ सय २० जना कोरोना पोजेटिभ मध्ये २ जना मात्र कोरोना संक्रमति उक्त गाउँपालिकाका भेटिएका थिए । ति दुई जना पनि निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा