बझाङमा पहिरोले पुरिएर बेपत्ता भएका युवकको शव फेला

बझाङ
बझाङ
August 09, 6:39

२०७७ साल साउन २५ गते आइतबार
दोरेन्द्र खड्का, बझाङ
बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका ८ मल्लेसी पहिरोमा पुरिएर वेपत्ता भएका युवकको शव भेटिएको छ।

गत असार १९ गते राती १२ बजे घर बाहिरको पानी एकतर्फ लगाइरहेका बेला आएको पहिरोले बेपत्ता बनाएका २१ वर्षिय गिरी जेठाराको  शव आइतबार फेला परेको हो ।

उनको शव स्थानीय लोक बहादुर जेठाराको घर पछाडि पुरिएको अवस्थामा फेला परेको विपद व्यवस्थापन समिति केदारस्युँ ८ मल्लेसीका सुरेश जेठाराले बताए ।

उनका अनुसार स्थानीय लोक जेठाराले घर वरिपरि पसेको ढुङ्गा माटो हटाएर घर सफा गर्ने क्रममा आइत दिउँसो १ बजे शव भेटिएको हो । शव भेटिएपछि प्रहरीको टोली त्यसतर्फ खटिएको बताइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा