गजल : दाताहरूले सके जति दिइरहे, जस अपजस भनेनन्
August 19, 11:04
गजल
दाताहरूले सके जति दिइरहे, जस अपजस भनेनन्
आफ्नो सम्पत्तिको गणनामा प्लस माइनस भनेनन्
छोराले तपाईँको सम्पत्ति एक रत्ती चाहिन्न भन्यो
बुवाले छोरालाई कहिल्यै तँ चाहिन्नस भनेनन्
जसलाई शीर र पिठ्युँमा बसाएको हुँ सकी–नसकी
आज उनैले आँगन छेउको, ढिकसम्म बस भनेनन्
ठुलाबडाले छोरी सानो छँदा दुवैलाई दलित मानेको हो
हाल बुवा दलित नै छन् तर छोरीसँगको लसपस भनेनन्
किताबका हजारौँ प्रश्न सोध्दै तथानाम गालीले सरापे
तर आजसम्म मेरा गुरुले बाबु त के जान्दछस् भनेनन् ।
वेद भट्ट
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:40
April 16, 10:55
October 12, 3:52
October 16, 5:39
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा