सुदुरपश्चिमको प्रमुख पर्व गौराको चिनारी

गौरा
गौरा
August 24, 6:14

२०७७ भाद्र ८ गते सोमबार

तस्वीर: भुवन भाट
तस्बिर/ भुवन भाट



संकलन: दिपक बहादुर खड्का, डोटी
सुदूरपश्चिमको प्रमुख चाँड गौरा पर्व घर–घरमा बिरुडा भिजाएर आइतबारदेखि सुरु भएको छ। कोरोना संक्रमणको जोखिमका कारण स्थानीय प्रशासनले कतिपय ठाउँमा निषेधाज्ञा जारी गरेकाले घरघरमै गाैरा मनाइदैछ।

भाद्र कृष्णाष्टमीका दिन मनाइने गौरा पर्व यस क्षेत्रको प्रमुख चाड मानिन्छ। गौराको पहिलो दिन पञ्चमीबाट सुरू हुन्छ । पञ्चमीका दिन ब्रत बसेका महिलाहरू पानीकाे मूल, धारामा गएर बिरुडा (केराउ, गहत, गुरास, मास र गहुँ मिसाएर बनाइने) भिजाउँछन्।

दोस्रो दिन पनि त्यही ठाउँमा गएर बिरुडा धुने र गौरादेवी (पार्वती) को प्रतिमा बनाएर पूजा गर्ने चलन छ । सप्तमीका दिन पनि दिनभर ब्रत बसेर बिरूडा र फलफूलले गौरा घरभित्र पार्वती र महेश्वरकाे प्रतिमाकाे पूजा गर्छन् । त्यसैदिन महिलाहरूले लगाउने दुबधागाे पनि गाैरादेवीलाइ चढाइन्छ । भाेलिपल्टबाट त्यही दुबधागाे वर्षदिनसम्म घाटीमा बाँध्ने चलन छ ।

अष्टमीका दिन मुख्य गाैरा मानिन्छ । यसलाई ठूली गाैरा तथा अठेवाली भन्छन् । याे दिन महिलाहरु गाैराखलाे (धार्मिक स्थल) मा गएर अठेवाली गाउँदै गौरा खेलाउने गर्छन्। साँझतिर अघिल्लाे दिन चढाएका फलफूल तथा सामानहरू माथि फाल्ने र आकाशबाटै चुम्ने चलन छ । यसरी भूइँमा नखस्दै टिपेकाे फल घरभित्र राखे धनसम्पत्ति बृद्धि हुने र राेगब्याधि नलाग्ने विश्वास गरिन्छ ।

त्यसपछि पूजा गर्न प्रयाेग भएका बिरुडाले सानादेखि ठूला सबै आफन्तहरुको पूजा गर्छन्। पुरूषहरू भने गाैरामा देउडा खेल्ने चलन छ । सबै पुरूषले यसदिन गाैरा हुने ठाउँ (गाैरा खलाे) मा टेक्न अनिवार्य जस्तै हुने स्थानीय बताउँछन् ।

त्यही दिनबाट पुरूषहरूले पनि खेल, चैतालाे, धुमारी, देउडा खेल्छन् । समूहमा मिलेर खेल र चैतालाेमा बिभिन्न देवीदेउताका कथा, धार्मिक तथा सांस्कृतिक इतिहास गीतका रूपमा गाउने चलन छ । अठेवालीका दिनबाट लगातार एक सातासम्म पालैपालाे गाउँ गाउँ पुगेर खेल्छन् ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा