बझाङका पाँच स्थानमा निषेधाज्ञा जारी

बझाङ
बझाङ
September 01, 2:44


दोरेन्द्र खड्का बझाङ
२०७७ भाद्र १६ गते,

एकै दिन ४७ जना कोरोना संक्रमीत थपिएपछि यतिखेर बझाङ जिल्लाका पाँच वटा स्थानमा निषेधाज्ञा जारी गरिएको छ । भारतबाट आएका ४७ व्यक्तिको पिसिआर रिर्पोट पोजेटिभ देखिएपछि ती स्थानमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

दुर्गाथली गाउँपालिका–४, ५ र ७, छबिसपाथीभरा गाउँपालिका–६ र खप्तडछान्ना गाउँपालिका–६ मा आइतबार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार दुर्गाथली गाउँपालिका–५ र ६ मा २१ दिनका लागि सिल गरिएको छ भने दुर्गाथली–७, खप्तड छान्ना गाउँपालिका–६ र छबिसपाथीभेरा गाउँपालिका–६ सात दिनका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

संक्रमण रोग ऐन २०२० एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम उक्त स्थानमा अति आवश्यक कामबाहेक अन्य कामहरू निषेध गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । बझाङ जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ६६ पुगेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ भने सात जनालाई जिल्ला अस्पताल बझाङको आइसोलेसनमा राखिएको छ । बाहिरबाट आएका र शंका लागेका करिव ८ हजार ५ सय व्यक्तिको आरडिटी परीक्षण गरिएको छ भने चार हजार बढीको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बझाङले जानकारी दिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा