चैनपुर सेतीनदिको किनारमा एक जना मृत अबस्थामा फेला

September 01, 7:20

चैनपुर सेतीनदिको किनारमा एक जना मृत अबस्थामा फेला
२०७७ भाद्र १६ गते मङ्गलबार
दोरेन्द्र खड्का, बझाङ

बझाङ
बझाङ जिल्लाको सदरमुकाम चैनपुरको रिङ्गरोड नजिकै सेती नदीको किनारामा एकजना मृत अबस्थामा फेला परेका छन् । मृत अबस्थामा फेला पर्ने हुम्ला जिल्ला नाम्खा गाउँपालिका १ दिङ्ला बस्ने बर्ष ४४का बुमदोर तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम चैनपुरको रिङ्गरोडको किनाराको डिलमा तामाङ्गको झोला , लुगा कपडा, नागरिकता ,जुता र सिरक भेटिएको छ । मानसिक सन्तुलन समेत गुमाएका तामाङ्ग सोमबार राती डिलमा सुति रहेको बेला पल्टिएर तल सेती नदीको किनारमा खसेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताउनुभयो ।

बझाङ

मृतक तामाङ्गको टाउकोमा गहिरो चोट लागेको छ ।तामाङ एक बर्ष देखि मजदुरी गर्दै आएको र मदिरा सेबन गरि रहने गरेको मृतकका आफन्त सुमन छिरिङ्ग तामाङ्गले बताए।मृतकको लास पोष्टमार्टम लागी जिल्ला अस्पताल बझाङ लगिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा