✍️ गजल💠

पुनम
पुनम
September 02, 9:56

२०७७ भाद्र १७ गते बुधबार

नदेखेर पाखा लगाउन पनि डर छ।
बोलाई नजिक बसाउन पनि डर छ।

उसको आगमन नै रहस्यमय भयो,
स्वागतमा ताली बजाउन पनि डर छ।

म भरोसा बढाउछु उ घात बढाउछ ,
अब मित्रताको हात बढाउन पनि डर छ।

अस्ति खुसी फाट्यो, हिजो विश्वास,
अाज मुटु फाट्दैछ सिलाउन पनि डर छ।

आखा बर्सिए भनेपछि डुब्छ मेरो देश
गर्छ प्रहार आँशु बगाउन पनि डर छ।

पुनम चटाैत
धनगढी ,कैलाली

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा