ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु

ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु
ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु
June 22, 6:31

दार्चुला–महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्किएर दुईजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भइ हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भइ खलंगा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर भट्टले बताए।
महाकाली लोकमार्गको दार्चुला तिंकर सडकअन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरवल पुलभित्र राखिएको ह्युम पाइपमा अड्किएर दुवैजनाको मृत्यु भएको हो ।गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किका हुन् । निरन्तर वर्षाका कारण निर्माणाधिन पुलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । 
पौडी खेल्ने बेला दुवै बालक बगेर पाइनभित्र अड्किका थिए। ह्युमपाइपभित्र अड्किएर मृत्यु भएका बालकलाई जेसीभीले निकालिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा