नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानद्धारा चार श्रष्ठा सम्मानित

hfhg
hfhg
March 15, 5:48

धनगढी, १७ कार्तिक – नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले चार जना श्रष्टाहरुलाइ आज नगद पुरस्कार सहित धनगढीमा सम्मान गरेको छ । गोदावरी प्रतिभा पुरस्कार २०७३ द्धारा साहित्यकार डिल्लीराज फुलारा, खप्तड स्वामी सचिदानन्द सरस्वती पुरस्कार २०७३ द्धारा लक्ष्मी नारायण मन्दिरका स्वामी देवराज आचार्य, शास्त्री देवराज आचार्य प्रतिभा पुरस्कार २०७२ द्धारा साहित्यकार घनश्याम लेखक र खड्क बहादुर सिंह प्रतिभा पुरस्कार २०७४ द्धारा साहित्कार डा। पुष्करराज भट्ट सम्मान्नीत हुनु भएको हो । उक्त ४ वटै पुरस्कारहरुको धनराशी १० हजार रहेको छ ।


पुरस्कार वितरण गर्दै प्रदेश सभामुख अर्जुन बहादुर थापाले सुदूर पश्चिमको साहित्यिक विकासमा पहल गर्ने बताउनु भयो । महाकवी लक्ष्मी प्रशाद देवकोटाको १ सय १० औँ जन्मजयन्तिको पूर्वशन्ध्यामा नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीद्धारा आयोजित श्रष्टा सम्मान कार्यक्रममा सभामुख थापाले उक्त कुरा बताउनु भएको हो । अहिलेको प्रदेश सरकारको बजेज साहित्यमुखी नभएको बताउदै आगामी बजेटमा गर्नु पर्ने पहलको समयमै जानकारी गराउनु उहाँले साहित्यकारहलाई आग्रह गर्नु भयो ।

 

थप १ लाख पुरस्कार राशीको मनिराज वाङमय पुरस्कार राष्ट्रकवि माधव प्रशाद घिमिरेलाई मंसिर १ गते काठ्माण्डौँमा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीका अध्यक्ष पदमराज जोशीले बताउनु भयो । १० हजार पुरस्कार राशी सहितका अन्य ६ वटा पुरस्कार पनि देशभरका ६ जना साहित्यकारहरुलाइ प्रदान गर्ने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा