डोटीको शिरको छेदन किन ? पूर्वमन्त्री बलायर

doti
doti
March 15, 5:51

१) डोटीको शिरको छेदन मानको मर्दन ।
डोटीका दुस्मन मिली छिनाल्यो गर्दन ।।
२) पैल्यैदेखि राजधानी केन्द्र भई आएको ।
क्षेत्रको सदरमुकाम मान्यता पाएको ।।
३) को लाग्यो दुस्मन ऐले राजधानी सा¥यो ।
पहाडका सातै जिल्ला अँध्यारोमा पा¥यो ।।
४) संस्कार,संस्कृति सभ्यता र भाषा ।
संरक्षण नभएमा बाँच्ने आशा कमै छ ।।
५) संरचना सबै बाँझा खण्डहर बन्दैछन ।
डोटीको दुर्दशा प¥यो सबैले भन्दैछन ।।
६) संस्कृति, संस्कार, भाषा बाँच्न गाह्रो ।
सभ्यता जगेर्ना गर्न निकै प¥यो साह्रो ।।
७) मान्छेको अस्तित्व लोप संस्कृति मासी ।
कुन जातिको विकास भयो सभ्यतालाई नासी ।।
८) डोटीको विकास सँगै पहाड चम्किन्थ्यो ।
पर्यटन विकास सँगै व्यापार गम्किन्थ्यो ।।
९) कार्यालय धनगढी सुनसान बजार ।
डोटी है राजधानी सा¥यो नपु¥याई विचार ।।
१०) संस्कार, संस्कृति, डोटेली सभ्यता ।
डोटेली भाषाको ठूलो विश्वमा मान्यता ।।
११) माटोको सुवास आउँछ संस्कृति भाषामा ।
तुषारापात भो किन डोटेली आशामा ।।
१२) प्राण भन्दा प्यारो हुन्छ संस्कृति भाषा ।
सभ्यतामा बाँच्ने गर्छ भविष्यको आशा ।।
१३)प्रकृतिको खानी यही छ देवताको वास छ ।
राजधानी दिपायलमा आउने आश छ ।।
१४) सात सौ वर्षको हाम्रो इतिहास मेट्यो ।
डोटीको गौरव मास्ने निको मौका भेट्यो ।।
१५) के हो कारण राजधानी डोटीबाट सार्ने ।
सुदूरका नौ जिल्लाको को हो बीच पर्ने ।।
१६ )भौगोलिक, जनसंख्या सुरक्षाले हो कि ?
सांस्कृतिक, ऐतिहासिक अन्य कारण छ कि ??

१७) राजधानी केन्द्र तोक्ने केही आधार हुन्छन् ।
डोटी है राजधानी सार्ने ती के के आधार हुन ।।
१८) सिद्धान्त यथार्थ हेरी राजधानी तोक्छन् ।
यस्तो हुन नसकेमा जनता दुःख भोग्छन् ।।
१९) भूगोल र इतिहास सुरक्षा र दूरी ।
यी कुरा ओझेलमा परे उड्छ आँधी हुरी ।।
२०)जनताको सुविधा हो कि नेताको स्वार्थ हो ?
सिंहदरवार गाउँमा भन्ने के नारा मात्र हो ??
२१) कसैको जग्गाको मूल्य वृद्धि गर्न हो कि ?
कसैको वन मासी खाने दिवा स्वप्न छ कि ??
२२) राजधानी वनको विच सार्नु के हो तथ्य ?
सिमानामा राजधानी सार्ने के हो सत्य ??
२३) क्यै व्यक्तिका स्वार्थखातिर कसैका लोभले ।
डाडाँकाँडा नाघी आउनु दुख पायो लोकले ।।
२४) पहाडका धुरावाट बोर्डरमा आउनु ।
कसैको स्वार्थको खातिर जनता दुःख पाउनु ।।
२५)घामभैmँ छर्लङ्ग छ यो को को हुन ती सार्ने ।
क्षणिक स्वार्थको लागि जनता दुःखमा पार्ने ।।
२६)जनताले हिसाब राख्छन् कस कसको हात छ ।
ठाउँ वाँझो जनतालाई दुःख कसकसको साथ छ ।।
२७) सिमानामा सुरक्षाको समस्या चर्को छ ।
उव्जाउ जग्गा कंक्रिट वन्ने समस्या अर्को छ ।।
२८) तराईको उव्जाउ भूमि कंङ्क्रिट बन्ने छ ।
के गरे पुर्खाले भनी संतति भन्ने छ ।।
२९)अन्न भण्डार तराई क्षेत्र कृषि विकास गरौँ ।
आधुनिक कृषि गरी अन्न भण्डार भरौँ ।।
३०) नमासौ उव्जाउ भूमि नमासौ जङ्गल ।
दिपायल राजधानी सारे हुनेछ मङ्गल ।।
३१) प्रकृतिको खानी पहाड देउताको वास ।
धार्मिक तीर्थको भूमि पार्न थाले नाश ।।
३२) देवाटवी देउताको वगैचा हो डोटी ।
तपोभूमि देवभूमि देउता तेत्तिस कोटी ।।
३३) प्रकृतिको धनी खप्तड सौन्दर्यको खानी ।
ऋषिले तपस्या गर्ने देवभूमि ठानी ।।
३४) कुवेरको राजधानी ऋषि तपोभूमि ।
श्रद्धालु मालिका पुग्छन अन्य तीर्थ घुमी ।।
३५) स्वर्ग पुगे जस्तो हुन्छ खप्तडमा आउँदा ।
मनै प्रपूmल्ल हुन्छ पूmलका भुइँ पाउँदा ।।
३६) खप्तड सैपाल तेले रामारोसन अपि ।
मालिका धार्मिक भूमि सधैँ रम्ने रवि ।।
३७) पहाड अँध्यारो पारी राजधानी सा¥यो ।
पहाड उजाड बन्ने कसले यस्तो पा¥यो ।।
३८) जनताको मतको कदर हुन्छ सधँै भन्थे ।
बहुमतको कदर भनि सधै जनता सुन्थे ।।
३९)जनइच्छा कुल्ची हिड्दा सबै आक्रोशित ।
क्यै व्यक्तिको कृत्यदेखि जनता आन्दोलित ।।
४०) डोटीको गौरव कत्रो इतिहास कस्तो ।
अस्तित्व अस्मिता लुट्यो मान्छे नभ्या जस्तो ।।
४१) डोटीमा राजधानी हुनु सवै कुरावाट ।
पहाड उजाड पारी मास्यो तराई फाँट ।।
४२) डोटी राज्य धेरै ठूलो क्षेत्रमा पैmलेको ।
प्रख्यात ऐलेको हैन राजधानी पैलेको ।।
४३)उत्तर ठाकुरजीसम्म पश्चिम कुमाउँ धुरा ।
पूर्वमा कर्णालीसम्म दक्षिण तराई पुरा ।।
४४) डोटी राजा निरैपाल नाग मल्ल रिपु ।
अर्जुन मल्ल अर्जुन शाही हरि शाही दिपु ।।
४५) सुदूरपश्चिम सवै डोटीमा वोलाइन्थ्यो ।
गनरी गौडाका कोट धुमारी खेलाइन्थ्यो ।।
४६)इलाका दार्चुला वझाङ जिल्ला डोटी भन्थे ।
इलाका वाजुरा अछाम कंचनपुर सुन्थे ।।
४७) डोटी र कुमाउँ विच ठूलो युद्ध प¥यो ।
अजयमेर कोटबाट दिपायलमा स¥यो ।।
४८) दिपायल राजधानी स¥यो अजैमेर कोटको ।
एकतिर मुस्तिमको चढाई अर्को हल्ला भोटको ।।
४९) सुरक्षित गनरगौडा मजबुत किल्ला ।
ऐले कसको आँखा लाग्यो हाम्रो डोटी जिल्ला ।।
५०) राजधानी गनरगौडा दिपायलमा स¥यो ।
दिपायल है कुमाउँ गढवालसम्म शासन ग¥यो ।।
५१) बाइसे चौविसे मध्ये डोटी शक्तिशाली ।
डोटीको सानथ्यो ठूलो जनता भाग्यशाली ।।
५२)डोटी राजा मल्ल शाही दिपायल राजधानी ।
डोटीलाई सुरक्षित किल्ला मध्य केन्द्र ठानी ।।
५३) अधिराज्य नेपालको एकीकरण भयो ।
पश्चिम नेपालको डोटी पश्चिम किल्ला रह्यो ।।
५४) डोटीबाट प्रशासनिक न्यायिक काम चल्यो ।
डोटीको महान गौरव मान आज ढल्यो ।।
५५) राणाको उदय पछि डोटी पश्चिम गौडा ।
पाल्पा पछि डोटी गौडा क्षेत्र राखी चौडा ।।
५६) डोटीको महत्व बुझ्यो मध्य केन्द्र ठान्यो ।
ऐतिहासिक सुरक्षित ठाउँ हो भनी जान्यो ।।
५७)डोटीमा पश्चिमी जनरल कमान्डर राख्यो ।
सुरक्षित मध्य केन्द्र राणालाई लाग्यो ।।
५८) पंचायतकालमा पनि सदरमुकाम रह्यो ।
क्षेत्रीय सदरमुकाम दिपायल नै भयो ।।
५९) गणतन्त्र आएपछि ए.आई.जी दरबन्दी ।
न्यायालय उच्च रह्यो किन आज गलफन्दी ।।
६०)राजधानी दिपायल भनी जनता भन्दै थिए ।
दिपायलमा पूर्वाधार अभैm बन्दै थिए ।।
६१) पूर्वाधार खडा थियो सात सौ सालको ।
राजधानी मध्य केन्द्र यो हैन हालको ।।
६२) जनताको एक मत थियो सबै ढुक्क थिए ।
दिपायल राजधानी भनि आफ्नो मत दिए ।।
६३) एक्कासि धनगढी भन्ने घोषणा सुनियो ।
क्यै नेताको स्वार्थ पूर्ति षडयन्त्र बुनियो ।।
६४) धनगढी है गोदावरी अर्को जाल रच्यो ।
वनको विनाश गर्न छुट्टै खेल सोच्यो ।।
६५) एक दिन दिपायल छिट्टै राजधानी आउँछ ।
सुरक्षा र मध्य केन्द्र जब थाहा पाउँछ ।।
६६) विकास नपुग्या ठाउँ विकास ल्याउनु हो ।
गणतन्त्र लोकतन्त्र सुविधा पाउनु हो ।।
६७) केन्द्रस्थल रोज्नु छोडि किन हो पुछार ।
सवैमा चेतना आई हुनेछ सुधार ।।
६८) वातावरण प्रभावको मूल्याङ्कन ग¥योकि ?
एक किलो मिटर भित्र चुरेमा प¥योकि ??
६९) चुरे क्षेत्र एउटा किलो मिटर भित्रमा ।
मिल्दैन निर्माण कार्य प्रष्ट छ चित्रमा ।।
७०) यो प¥यो जीवको बाटो बाघ मृग हिडँ्ने ।
संरचना निर्माणमा वृक्षहरु गिँड्ने ।।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा