कविताः शिक्षा

fgfg
fgfg
March 15, 6:07

कविताः शिक्षा

शिक्षा नै नरको अमूल्य धन हो, अज्ञान नासी दिने ।
शिक्षा नै सदज्ञान हो धरणीमा, सत्कृति फैलाउने ।।
शिक्षा नै निज बन्धु हो भुवनमा, त्यो प्रेम दर्शाउने ।
शिक्षा नै शुभ कर्म हो सुजनमा, पीयूष बर्षाउने ।।

शिक्षा नै अविनाशि तत्त्व मनको, माधुर्य दर्शाउने ।
शिक्षा नै शुभ मन्त्र हो जगतमा, भूलोक चम्काउने ।।
यै हो श्रेष्ठ कला समस्त नभमा, विज्ञान झल्काउने ।
शिक्षा दीपक हो समस्त जनको दुस्कर्म पन्छ्याउने ।।

प्रेमी सज्जन दाजुभाइ सबमा, मेरो छ यो अर्चना ।
शिक्षाप्रेमि बनौं सबै जनहरू, यस्कै गरौं सिर्जना ।।
हाम्रो, कोमल देहका नव शिशू, सद्ज्ञानले नै भरौं ।
नौलो उन्नति गर्न यो धरणीमा, हामी अगाडि बढौं ।

भक्तराज भट्ट, डोटी जोरायल
रचना मितिः २०४१/११/१०

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा