बैतडीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

ssdsds
ssdsds
July 02, 2:27

बैतडी –बैतडीमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् । विद्यार्थी संगठनहरुको आन्दोलनका केन्द्रिय कार्यक्रम अनुसार सतबाँझमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताए । 

प्रधानमन्त्री ओलीले असंवैधानिक कामहरु गर्दै गएकाले आफूहरु आन्दोलनमा उत्रेको एमालेको नेपाल–खनाल समूहको अनेरास्ववियुका अध्यक्ष भुवन कार्कीले बताए । 

नेपाल विद्यार्थी संघ, नेपाल समूहको अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु अहिले आन्दोलनमा रहेका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरिरहेको विद्यार्थी संगठनहरुको आरोप रहेको छ । केन्द्रिय आन्दोलनका कार्यक्रम अनुसार जिल्लामा पनि आन्दोलन भईरहेको नेविसंघ अध्यक्ष केसीले बताए । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा