अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी

daad
daad
July 02, 6:30

अछाम, असार १८ 

अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । बाल शिक्षक संर्घष समितिको नेतृत्वमा गाउँपालिकाका र शिक्षा विकास शाखामा बिहिबार ताला लगाइएको हो । रामारोशन गाउँपालिकाको बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूले पाउने तलब गाउँपालिकाले नदिने भनेपछि गाउँपालिकामा ताला लगाइएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष ललिता खत्रीले जानकारी दिएका छन् ।

बाल विकास केन्द्रका शिक्षकलाई पालिकाले ७ हजार तलब दिनु पर्ने केन्द्र सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर रामारोशन गाउँपालिकाले भने रकम नभएको भन्दै बाल विकास केन्द्रमा अध्यापन गराइरहेका शिक्षकलाई तलब नदिने बताइरहेको छ ।

केन्द्र सरकारले बाल विकास केन्द्रका शिक्षकहरूको तलब पालिकाले दिनुपर्ने ७ हजार गरेर १५ पु¥याएको छ । लगातारको माग र छलफल पछि पनि गाउँपालिकाले दिनु पर्ने तलब नदिए पछि बाध्य भएर तालाबन्दी गरिएको बाल शिक्षक संर्घष समितिका अध्यक्ष खत्रीले बताए।

रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले गाउँपालिका चरम आर्थिक सङ्कटमा रहेकाले तत्काल शिक्षकलाई तलब दिन नसकेको बताउछन् । यस्तै अबस्थामा शिक्षकका समस्या समाधान गर्न नसकिने उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा