बैतडीमा जिप दुर्घटना २ जनाको मृत्यु

news baitdi
news baitdi
July 04, 11:50

बैतडी,असार २१
बैतडीको सिगासमा जिप दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ३ बाट डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 
प्रहरीका अनुसार दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय मानसिंह साउँद र सोही ठाउँका ६४ बर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । 
यस्तै दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामी, १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको छ । 
यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी र ४४ बर्षीय हरिभान धामी समान्य घाइते भएका छन् । 
जिपमा १२ जना सवार रहेका बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले घाइतेलाई अस्पताल तर्फ पठाउने काम गरिरहेको छ । 
जिप चालक १९ बर्षीय खगेन्द्र साउँद भने फरार रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा