अछाममा बर्षाले सडक अबरुध, झुलङ्गोमा बोकेर सुत्केरी गराउन लगिदै

news achha
news achha
July 05, 8:37

अछाम :अछामको मेल्लेख गाउँपालीका ३ ठाटीमा बर्थिङ सेन्टर भएपनि स्वास्थकर्मी र आवश्यक मात्रामा प्रयाप्त सामाग्री नहुँदा गर्भवती महिलाको ज्यान जोखिममा राखेर १ घण्टा बोकेर स्वास्थ्य सस्था लिनुपर्ने बाध्यता रहेको छ।शुक्रबार दिउँसो मेल्लेख गाउँपालीका ३ ठाटी दर्बाकी सबिता बुढालाई सुत्केरी ब्याथा लागेपछि दर्बामै रहेको
बर्थिङ सेन्टर लिएपनि त्यहाँ सुत्केरी गराउन सम्भव नभएपछि १ घण्टा हिडेर झुलङ्गोमा वडा नं ३ कै बगुडामा सुत्केरी गराईएको छ।४ महिना अगाडि नै मात्रै उद्घाटन गरिएको बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मीले आवश्यक सामाग्री नहुदा सुत्केरी गराउन नसक्ने बताएको उनका ससुरा नाता पर्ने कुसल बुढाले बताए ।

सुत्केरी ब्याथाले च्यापेकी आफ्नी श्रिमतीलाई स्ट्रचर समेत नहुदा झुलङ्गो बनाई बगुडा उप स्वास्थ चौकी ल्यानुपरेको उनका श्रिमान जगत बुढाले बताए ।अछामको बिकट मानिएको मेल्लेखको ठाटि दर्बामा सडक सञ्जालले जोडिएपनि बर्षाले सडक अबरुद्ध हुदा सुत्केरी ब्यथा लागेकी महिलालाई झुलङ्गो बनाई बगुडामा सुत्केरी गराउन ल्याईएको हो ।

यता मेल्लेख गाउँपालीका अध्यक्ष लोक बहादुर बोहराले भने बर्थिङ सेन्टरमा आवश्यक सम्पूर्ण सामाग्री भएको दाबी गरेका छन् । बिरामी बोक्ने स्ट्रेचर केहि दिन अघि भाचीएको जानकारी पाएको र हिजो सट्रेचर पठाईसकेको बताए ।त्यस क्षेत्रबाट पहिल्यै देखि नै अनमि नयाँ भएका कारण सुत्केरी गराउन केहि असहज भएको गुनासो आउने गरेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा