दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु

news
news
July 09, 11:26

दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ देउलाडमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिदा ७२ वर्षीया गेउडीदेवी ठगुन्ना, उनकी ३ महिनाकी नातनी मञ्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोलीको मृत्यु भएको नौगाड गाउँपालिकाका नायब सुब्बा नरेन्द्रसिह ठगुन्नाले जानकारी दिए  ।

मृतकको शव प्रहरी र स्थानीय सहयोगमा निकालिएको जनाइएको छ । बिहीबार बिहान घरमाथिबाट एक्कासी बाढि पहिरो आएपछि घर पुरिएको हो । नौगाडमा पहिरोका कारण ३ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै दर्जनौ घरहरु बाढिको उच्च जोखिममा छन् । बाढि गएको क्षेत्रमा उद्धार गर्न बाटो अवरुद्ध भएको छ । पहिरोले जामीरमा रहेको झोलुंगे पूल बगाएको छ । जामिर खोलामा बाढि पसेपछि एक गाउँबाट अर्को गाउँ जाने बाटोहरु बन्द भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।

बाढीले नौगाड गाउँपालिका ३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना पूर्ण रुपमा ध्वस्त बनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा