बझाङमा बजारभन्दा खाद्यको चामल महँगो

news
news
July 26, 5:48

बझाङ: खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ। जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो। बजारभन्दा खाद्यको चामल रु तीन महँगो भएको गुनासो आउन थालेको छ।  

खाद्यले बिक्री गर्ने चामलको प्रतिकेजी तीनको फरक परेपछि संस्थानको चामल नबिकेको जयपृथ्वी नगरपालिका–११ भोपुरका सुरेन्द्र जोशीले बताए। मूल्य घटाउन केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको जिल्लास्थित खाद्यका शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले बताए।  

पाण्डेले भने, “सरकारी कार्यालयले कोरोना महामारीमा राहत वितरण गर्ने बेला त लिएनन्, आजभोलिको त कुरै छोडाैँ, सरकारी कार्यालयका नाममा कारागारबाहेक अरु कुनैले पनि चामल लिदैनन्।” खाद्यको कार्यालयमा पुग्नका लागि यातायातको पहुँच पनि छैन। खाद्यको शाखा कार्यालय देवलबाट गत आवमा १५३ क्विन्टल चामल मात्र बिक्री भएको छ। जिल्लामा शाखा कार्यालय र तीन डिपो गरी चार बिक्री केन्द्रमध्ये सबैभन्दा बढी साइपाल गाउँपालिकाको काँडा डिपोबाट वर्षेनी चार हजार क्विन्टल चामल बिक्री हुने गरेको छ। 

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै ग्राहाक जाने गरेका पाइएको छ। शाखा कार्यालय, डिपो कार्यालय बिसौना र तलकोटबाट प्रतिकिलो ४५ र काँडा डिपोबाट प्रतिकिलो ५० मा अरुवा मोटो चामल बिक्री हुँदै आएको छ। 

यही चामल बजारमा प्रतिकिलो ४२ मा बिक्री हुने गरेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष दानबहादुर सुर्मेलीले बताए। संस्थानको चामलको मूल्य महँगो भएको जनगुनासो आए पनि खाद्यका प्रमुख पाण्डेले केन्द्रबाटै निर्धारण भएर आएकाले मूल्य केन्द्रबाट परिपत्र नआउँदासम्म शाखाले घटबढ गर्न नसकिने बताए।  

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा