सीमामा भारतीय सुरक्षा बलको क्रुरताः दार्चुला प्रशासनले पठायो भारतलाई पत्र

news
news
July 31, 9:21

दार्चुला : जिल्लाको व्यास गाउँपालिका २ मालघाटमा तुइन काटेर जयसिह धामी वेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्रचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबीन गर्न पत्रचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्।

‘भारतीय एसएसबीले तुइन काटेर नेपाली युवकको मृत्यु भएको भन्ने सन्दर्भमा सत्यतथ्य के हो ? भनेर हामीले जानकारी माग गरेका छौं,’ निमित्त प्रजिअ जोशीले भनिन्, ‘अहिलेसम्म भारतीय प्रशासनबाट त्यसको जवाफ आएको छैन्।’यस्तै घट्नाको विषयमा सत्यतथ्य पत्ता लगाउन सुरक्षाकर्मी खटाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले घट्नाबारे वास्तविकता खुल्न नसकेको बताए।

sasa

 व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा ३५ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता छन्। महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा