दार्चुला पुग्दै छानविन समिति, सदरमुकाम पुगेका प्रत्यक्षदर्शीसंग कुरा गर्ने

news
news
August 03, 1:53

दार्चुला : महाकाली नदी पार गर्नेक्रममा जयसिंह धामी खसेर वेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानविन समिति आज दार्चुला पुग्दैछ। गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरिएको समिति सोमबार डडेल्धुरा पुगेको थियो भने आज दार्चुला पुग्न लागेको हो। टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ। 

समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। 

छानविन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने जनाएको छ। साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविन गरेको छ। 

उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोली र अन्य तीन गाउँलेलाई सदरमुकाम ल्याएको छ। कल्याणले २१ वर्षदेखि त्यहीं तुइन सञ्चालन गर्दै आएका छन्। अनिता र विक्रम जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडाँैं जानका लागि गाउँबाट हिँडेका थिए। प्रत्यक्षदर्शीबाट घटनाबारे बयान लिइने सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन्। गृहको टोलीले प्रत्यक्षदर्शीसँग कुरा गर्ने उनले बताइन्। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा